नेपालसँग क्यानडा ६ विकेटले पराजित

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : आशिफ शेखको अर्धशतक मद्दतमा नेपालले आईसीसी टी–२० पुरुष विश्वकप अन्तरगतको दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले हराएको छ। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो।

आशिफले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए। सन्दीप जोराले ४४, गुल्शन झाले नटआउट ३१ र ओपनर कुल भुर्तेलले १२ रनको योगदान गरे।

यसअघि क्यानडाले आईसीसी टी–२० पुरुष विश्वकपको वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको थियो । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

क्यानडाका लागि नवनित धालिवलले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गरे। श्रीयस मोब्बाले १९ बलमा २ चौका र ३ छक्कासहित ३८ रनको योगदान गरे । कँवरपाद तथगुरले २५ रन बनाए। नेपालका लागि कुुशल भुर्तेल र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवको नाममा एक÷एक विकेट रह्यो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।