नेपालगञ्ज रङ्गशाला सुनसान

Monday April 29, 2024

पढ्न लाग्ने समय :


नेपालगञ्ज। बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् ।

खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि  नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए ।

हाल ती संरचना चालु अवस्थामा छैनन् । त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए ।

कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताए । उनले भने, “सरकाले यति धेरै लगानी गरेपछि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपथ्र्यो ।” अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटवल र दाङमा हुने गरेका उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताए।

अहिले रङ्गशालामा सङ्घीय सरकारबाट आउने बजेट शून्य रहेको जानकारी दिँदै प्रमुख चन्दले रङ्गशालालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समिति गठन भएको र त्यसले बुझाएको प्रतिवेदनका आधारमा सञ्चालन हुने बताए। उनले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरु सञ्चालन गर्ने पर्खाइमा रहेको उल्लेख गर्दै प्रतियोगिता नहुँदा, नियमित रेखदेख र सम्भार नहुँदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकेको जानकारी दिए।

रङ्गशालामा निर्माण कार्यसँगै नियिमित रुपमा बक्सिङ, तेक्वान्दोलगायत खेलको प्रशिक्षण पनि चलिरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको रु १३ करोडको बजेटमा रङ्गशाला बन्दै छ । नेपालगञ्जमा विभिन्न सङ्घ तथा संस्थाको अगुवाइमा विभिन्न खेलकुदका कार्यक्रम हुँदै आएका छन् । यसबाहेक पालिकास्तरीय खेलकुद कार्यक्रम भइरहेका छन् ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली