नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुको जोड

Wednesday October 16, 2024

पढ्न लाग्ने समय :


नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी खाद्यका लागि कृषि अभियानले किसानलाई केन्द्रमा राखेर नेपालको स्थानीय विशेषतामा आधारित प्रकृतिसम्मत खेती प्रणाली अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिनुपर्ने बताएको हो । यस वर्ष ४४ औं विश्व खाद्य दिवस मनाउन लागिएको हो । विश्वभर रहेका कुल जनसंख्याको प्रत्येक ११ जनामध्ये १ जना भोकै रहने वर्तमान अवस्थामा खाद्य दिवस र यसले दिने सन्देश महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ । पछिल्लो समयमा प्रकृक्तिको अत्याधिक दोहनले निम्त्याएका संकटको सामना गर्दै विश्व शिखर सम्मेलनहरूमा खाना र खेतीपाती साझा चासोको विषय भएको अभियानले बताएको छ ।

आम नागरिकले विषरहित पोषिलो खाना उत्पादन गर्न र खान पाउने अधिकार सुनिश्चित गर्न हावा, पानी, माटो र समग्र प्रकृति जीवन्त राख्नेकुरा सर्वाधिक महत्वपूर्ण रहेको विज्ञहरुको बताएका छन् । खाना र खेतीपातीको परम्परागत बाटो फेर्नैपर्ने आवश्यकता रहेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो । उहाँले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने वृहत र साहसी राजनैतिक प्रतिज्ञा गरे पनि सरकारी नीति तथा कार्यक्रममा त्यसको छनक समेत पर्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले कृत्रिम रसायन र विषादी रहित खेतीपाती र खानाको बन्दोवस्त गर्ने प्रयत्न नगरे यस्ता विकराल समस्याहरुको उपयुक्त समाधान ननिस्कने बताउनु भयो । सबै तहका सरकार, नागरिक समाज, सज्वार जगत र सम्पूर्ण किसान समुदायलाई यो अभियानमा जुट्न आह्वान गर्नुभयो ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर