नीति तथा कार्यक्रम : खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा महिला सहभागितालाई खेल क्षेत्रमा बढाइने उल्लेख छ ।

त्यसैगरी काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई समेत तीव्रता दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिसहित थप निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने सरकारको कार्यक्रममा उल्लेख छ ।

त्यस्तै चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण सङ्घ, प्रदेश र स्थानीयतहको साझेदारीमा अघि बढानुका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना रहेको छ ।

आगामी आर्थिक वर्षमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको अन्तर्राष्ट्रय प्रतियोगिता आयोजना गरिने तथा नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवद्र्ध्न गरिने सरकारको प्रतिबद्धता छ ।

सरकारको नीति तथा कार्यक्रममा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने तथा बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरको खेलुकद प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्ने, जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय