निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे

Friday December 27, 2024

पढ्न लाग्ने समय :


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको छ । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको हो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताउनु भयो । उहाँले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निरास हुने अवस्था नरहेको बताउनु भयो ।

उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताउनु भयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाको सपना हुने दाबी गर्नुभयो । उहाँले निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिन नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्नेमा जोड दिनुभयो। उहाँले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य हो । यसका साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन । यी सपना र आशाका सञ्चार गर्दै जानुपर्छ । छोटो काल खण्डमा दुईवटा विमानस्थल चलेनन भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालले बेकेको सपना छ । नेपालको यो सपना साकार बनायौं भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुन्छ । निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिनु हुँदैन । हामीले आशा सञ्चार गरिरहनुपर्छ । हामीले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेका छौ । हामीले अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्छ । हामीसँग त्यो सम्भवाना छ । होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जाँदैन भन्ने कुरा हुन सक्दैन । जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन हामीले ल्याउनुपर्छ ।’

उहाँले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले कुटनीतिक रुपमा पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।