नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि संसदमै फिर्ता गर्नुपर्छ
पढ्न लाग्ने समय :
काठमाडौं । अधिवक्ता एवं उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले राष्ट्रपतिले दुवै संसदबाट पास भएको नागरिकता विधेयक फिर्ता गर्न सक्ने बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै नेपालले संसदमा सीमित संख्याका सांसदको उपस्थितिमा विधेयक पारित भएकाले राष्ट्रपतिले विधेयक संसदमै पुनर्विचारका लागि फर्काउनुपर्ने बताएका हुन् । राष्ट्रपतिले विधेयक संसदमा पुनर्विचारका लागि फिर्ता गर्नु संविधान विपरित नहुने बताए ।