नवनियुक्त शिक्षकको दुःखेसो : आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

Sunday April 28, 2024

पढ्न लाग्ने समय :


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरबाट नियुक्त पत्र पाए ।

प्राथमिक तह तृतीय श्रेणीमा नियुक्ति पाएको तीन साता बितिसक्दा पनि उनले अध्यापन गराउनुपर्ने विद्यालयको टुंगो लागेको छैन ।  उनिजस्तै आयोग पास गरेका खेमराज भट्ट र नन्दाकुमारी चन्दले पनि नियुक्तिका लागि गुहार माग्दै हिड्नुपरेको छ ।

गत चैत २६ गते बेल्डाडी गाउँपालिका कार्यालय पुगेका नवनियुक्त शिक्षक भट्ट र चन्दसँगै हालै आयोग पास गरेका मोनिका चन्दले पनि कार्यालय धाउँदा पनि शिक्षा विकास तथा समन्वय ईकाइ र बेल्डाडी गाउँपालिका बीचको आपसी असहमजदारीका कारण  पढाउने विद्यालयको टुङ्गो लाग्ननसकेको बताए ।

बेल्डाडी गाउँपालिकाले कार्यालयमा आएकामध्ये एक जनालाई मात्रै अध्यापनका लागि विद्यालयमा खटाउनसकिन बताएपछि अन्योल सिर्जना भएको नवनियुक्त शिक्षकले बताएका छन्।

“गत वर्ष पनि दुईजना मागगर्दा शिक्षा इकाइले पाँचजना शिक्षक पठाएको रहेछ, यसपटक पनि एकजना माग्दा तीन जना पठाइएकाले पालिकाले नियुक्त पत्र दर्ता गर्न अस्वीकार गरेको छ”, नवनियुक्त शिक्षक भट्टले भने ।

उनले  समस्या समाधानका लागि धेरै ठाउँ धाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । “सुदूरपश्चिम विश्वविद्यालय आएका बेला शिक्षा मन्त्री सुमना श्रेष्ठलाई समेत भेटेर आफ्नो समस्या राखेका थियौँ । मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म लिखित निवेदन दिँदासमेत अहिलेसम्म समस्या समाधान भएको छैन”, भट्टले गुनासो गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिपक कलौनीले तीन जनालाई नियुक्ति दिई बेल्डाडी गाउँपालिका पठाइएकामा एकजना मोनिका चन्दलाई मात्रै अध्यापनका लागि राखेको बताए ।

“पालिकाले स्थान रिक्त हुँदाहुँदै हाजीर हुनदिएको छैन, त्यसैले जिल्ला प्रशासनसँग समन्वय गरेर ति शिक्षकको व्यवस्थापनका लागि पहल गर्छौ”, कलौनीले भने ।

पालिकाले अटेर गरे दुई दरबन्दी काटेर शिक्षक–विद्यार्थीको उच्च अनुपात भएका विद्यालयमा लगेर पनि शिक्षकको व्यवस्थापन गरिने उनको भनाइ छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।