नवजीवन सहकारीको अध्यक्षमा ४ जनाको उम्मेदवारी

Monday May 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडको आगामी निर्वाचनका लागि नेतृत्व चयनको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। ३२औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनका लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझा आमनेसामने भएका छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
उपाध्यक्ष पदका लागि इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्ट चुनावी मैदानमा छन् भने सदस्य पदमा ३० जना उम्मेदवारले भाग लिएका छन् ।
त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजक पदमा गणेशप्रसाद जोशी र चेतराज जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । सो समितिको सदस्य पदमा खेमराज पाठक, गणेशप्रसाद उपाध्याय, टेकराज जोशी र दिलीप रोकाय क्षेत्री उम्मेदवार रहेका छन् ।
निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै पूर्वनिर्धारित कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइने जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।