नरदेवीबाट ७४ लाख नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ

Tuesday August 9, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । प्रहरीले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

भारतको राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौंको बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरि दुलाल र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदीप आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ७४ लाख नगद र विभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको नौ वटा चेक बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।