नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन् । आईतवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरुले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरुलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकमा अध्यक्षले अहिलेको समसामयिक, राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । त्यसपछि प्रदेशका अध्यक्षहरुले सबै प्रदेशबाट रिपोर्टिङ गर्नु हुनेछ । त्यसपछि अध्यक्षले राजनीतिक प्रश्ताव पेश गर्नुहुनेछ । संगठनात्मक सिद्धान्तको बारेमा पनि छलफल भएको छ । आधारभुत रुपमा त हामीले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाउँछाँै । तर अहिले पनि पहिला विकास गरेको कुरामा आमुल परिवर्तन भएको छ । विज्ञान, प्रविधि लगायतका क्षेत्रमा, अन्य क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । युवाहरुलाई प्रशिक्षित गर्ने, संगठित गर्ने, यि विषयदेखि लगायत विज्ञान र प्रविधिको सबैकुरा विचार गर्दै नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ ।’

माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक आन नै काठमाडौंको एक होटलमा बस्दैछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।