धादिङमा बस दुर्घटना हुँदा १७ को मृत्यु , २४ घाइते

Monday February 23, 2026

पढ्न लाग्ने समय :


काठमाडौं :  धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन।

धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा राति पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।

उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको छ। १७ जनाको  घटना स्थलमा नै मृत्यु भएको हो  भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ। घाइते तथा मृतकको सनाखत हुन बांकी छ। दुर्घटनाको कारण खुलेको छैन।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।