धनुषामा विस्फोट हुँदा कैलालीका दुईसहित चारजना घाइते

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनुषामा श्रृंखलावद्ध रूपमा विस्फोट हुँदा थप दुई जना घाइते भएका छन्। धनुषाको मिथिला नगरपालिका–१० लालगढ र बर्दिवासबीच पर्ने रातो पुल (महोत्तरी साइड) मा रातो टेपले बेरिएको दुई वटा शङ्कास्पद वस्तु फेला परेको छ।

पुलमा राखिएको वस्तु छुँदा एउटा पड्किएको थियो। उक्त घटनामा कैलालीको घोडाघोडी नगरपालिका–१० का सन्देश चौधरी र समीर चौधरी सामान्य घाइते भएका छन्। दुवैलाई उपचारका लागि बर्दिवासतर्फ लगिएको छ। घटनास्थलमा अर्को एक शङ्कास्पद वस्तु फेला परेको छ।

यसअघि पनि यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका थिए। प्रहरीले सर्वसाधारणलाई शङ्कास्पद वस्तु नछुन र तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।