धनतेरसमा सुनको असर्फी किन्ने सर्वसाधरणको भिड

Tuesday October 29, 2024

पढ्न लाग्ने समय :


टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा सुनको असर्फी किन्ने सर्वसाधरणको भीड लागेको छ । राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखा मुद्रा व्यवस्थापन विभागमा धनतेरसमा सुनको असर्फी लिन भीड लागेको हो । धनतेरसको दिन धातु,सुनका गहरगना,भाँडाकँुडा किन्ने प्रचलन समेत रहेको छ । त्यस्तै तिहारको लक्ष्मी पूजाको दिन पूजामा सुन चाँदीका सिक्का चढाउने चलन छ । त्यसैले टक्सार विभाग सुनको असर्फी किन्ने मानिसहरुको भीड बिहानदेखि लागेको हो ।

असर्फी किन्नको लागि बिहान ६ बजेदेखि लाइन लागेको थियो । राष्ट्र बैंकले २.५ ग्राम तौलको सुनको सिक्का विक्री गरिरहेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंककाअनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउने जनाएको छ । त्यस्तै राष्ट्र बैंकले चाँदीको सिक्का पनि गत आईतवारदेखि विक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का विक्री गरिरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।