धनगढी उपमहानगरले गोदावरीका मेयरलाई ३५ हजार क्षतिपूर्ति तिराउने

Tuesday May 12, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार क्षतिपूर्ति तिराउने भएको छ । शनिबार राति मापसे गरेर उनले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो ।
दुुर्घटनामा परेको गाडीले सडक छेउमा लगाइएको रेलिङमा क्षति पुगाएपछि उपमहानगरपालिकाले सो वाफतको रकम मेयर भट्टलाई दण्ड तिराउने भएको हो । धनगढी उपमहानगरपालिकाका प्राविधिकले गाडीले गरेको क्षतिको मूूल्यांकन गर्दै मर्मत सम्भार गर्न ३५ हजार लाग्ने स्टमेट निकालेका छन् ।
उक्त रकम नगदी रसिद काटेर मेयर भट्टबाट बुुझेर ल्याउन उपमहानगरपालिकाले कैलाली गाउँस्थित प्रहरी चौकीमा नगर प्रहरीलाई पठाएको थियो । तर, वारेस पठाएका मेयर भट्टले आफूले नै मर्मत सम्भार गर्ने प्रतिबद्धता गरेको उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति गराउने व्यक्ति स्वयंमबाट क्षति वाफतको रकम लिने तथा मर्मत सम्भार गराउदै आएको छ ।


भर्खर

कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका