धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना हुँदा घाइते भएका दीपकको मृत्यु

Monday April 13, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका कैलालीको गोदावरीका दीपक बोगटीको मृत्यु भएको छ।

शनिवार बेलुकी से २ त १५१२ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०१००८ प ५७८८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका थिए। बोगटीको उपचारकाक्रममा भारतको बरेलीमा आइतवार राति ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १७ वर्षीया हेमा जोशीको उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक गोदावरी नगरपालिका–५ का ३२ वर्षीय हरिचन्द्र चौधरी ट्याकटरसहित प्रहरी चौकी कैलाली गाउँको नियन्त्रणमा रहेको जनाइएको छ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले