धनगढीले थप चार रुटमा नगर बस सञ्चालन गर्ने

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी उपमहानगरपालिकाले फूलवारी(धनगढी(अत्तरिया रुटमा नगर बस सञ्चालन गर्दै आएकोमा आगामी आर्थिक वर्षबाट थप चार वटा रुटमा नगर बस सेवा विस्तार गर्ने भएको छ।
धनगढी उपमहानगरपालिकाले आगामी बजेटमै थप चान रुटमा नगर बस सेवा सञ्चालन गर्न आवश्यक तयारी गरेको जनाएको छ। उपमहानगरका ग्रामीण र सहरी क्षेत्रलाई एकापसमा जोडी आर्थिक गतिविधिहरू सञ्चालन गर्दै उपमहानगरबासीको आयआर्जन वृद्धि गर्न नगर बस सेवा विस्तार गर्न लागिएको हो।
उपमहानरपालिकाले धनगढी-कनरी-रामपुर- चौमला रुटमा नगर बस सेवा सञ्चालन गर्ने भएको हो। यसैगरी, धनगढी-पथरी-वनबेहडा तथा बेली-जुगेडा-घूईंयाघाट-बंगरा कटान र धनगढी-घोडसुवा-स्याउले रुटमा नगर बस सञ्चालन गर्ने तयारी गरेको छ।
धनगढी उपमहानगरपालिकाले फूलवारी-धनगढी-अत्तरिया रुटमा २०८१ भदौदेखि नगर बस सेवा सञ्चालनमा ल्याएको थियो। नयाँ चार रुट थप भएसँगै धनगढी उपमहानगरपालिकाले नगर बस सेवा पाँच रुटमा सञ्चालन गर्ने भएको हो।

नगर बस सेवा विस्तार गर्न ६ वटा विद्युतीय मिनिबस खरिद प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।