धनगढीमा १८औं संस्करणको सुदूरपश्चिम महोत्सव सुरु

Saturday December 7, 2024

पढ्न लाग्ने समय :


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा आर्थिक सम्वृद्धिका लागि थुप्रै सम्भावना भएकाले नीजि क्षेत्रलाई लगानी गर्न आग्रह गर्नु भएको छ । शनिबारदेखि कैलालीको धनगढीमा सुरु भएको १८औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । मन्त्री भण्डारीले विगत देखिनै सुदूरपश्चिम प्रदेशमा सम्भावनालाई मात्रै देखाउने प्रवृति रहेको भन्दै अव ती सम्भावनाको उजागर गरी आर्थिक सम्वृद्धि हाँशील गर्नु अपरिहार्य रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले सुदूरपश्चिमसंग जोडिएका अन्तर्राष्ट्रीय नाकाको स्तर उन्नती गर्न सकिने भएपनि त्यसअघि यहाँका वस्तु निर्यात गर्ने हैसियत हुनु जरुरी रहेको बताउनु भयो । नाका आयात गर्नका लागि मात्रै सुचारु गर्न नभई यहाँका वस्तु निर्यात गर्नका लागि स्तर उन्नती हुनु पर्ने उहाँको भनाई छ । उहाँले कञ्चनपुरको दोधारामा क्षेत्रमा बन्ने सुख्खा बन्दरगाह निर्माणको काम केही समयमै सुरु हुने पनि बताउनु भयो । शनिबार देखि सुरु भएको सुदूरपश्चिम महोत्सवको १८औं संस्करण उद्घटनका क्रममा कैलाली उद्योग वाणिज्य संघले संघीय सरकार समक्ष विभिन्न १० वटा माग राखेको छ । महोत्सव उद्घाटन समारोहमा उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष गौरिफण्टा नाकाको स्तर उन्नतीका लागि पहल हुनु पर्ने, प्रदर्शनी स्थल निर्माण गरिनु पर्ने लगायत १० वटा माग सहितको ज्ञापनपत्र बुझाइएको संघका महासचिव ओम विष्टले जानकारी दिनुभयो ।

पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने संघको अनुमान छ । महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।