धनगढीमा सीप तथा रोजगार मेला सुरु, छ सय प्रशिक्षार्थी सहभागी

Monday January 19, 2026

पढ्न लाग्ने समय :


धनगढीः युवाहरुलाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले सोमवारदेखि सीप तथा रोजगार मेला सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहबाट छनोट गरिएका करिब ६ सय प्रशिक्षार्थी मेलामा सहभागी भएका छन्। मेला ४० दिनसम्म सञ्चालन हुने जनाइएको छ।

मेलामा ६ वटा मुख्य विधाअन्तर्गत २२ वटा उपविधामा तालिम प्रदान गरिनेछ। अटोमोबाइल्स, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि तथा शैक्षिक–सेवा, आर्ट क्राफ्ट र डिजाइनिङ विधामा तालिम सञ्चालन गरिएको छ। सोमबार आयोजित विशेष कार्यक्रमकाबीच मेलाको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुमा देशमै बस्न नसकिने मनोविज्ञान कसरी विकसित भयो भन्ने अहिलेको गम्भीर प्रश्न भएको बताए। उनले यही उकुसमुस अवस्थाबाट जेनजी आन्दोलन उर्जाको विस्फोटका रुपमा देखिएको उल्लेख गर्दै अबको अर्को विस्फोट देशले धान्न नसक्ने चेतावनी दिए।

मन्त्री भण्डारीले श्रमप्रतिको सामाजिक दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। समाजमा श्रमलाई ‘सरम’ का रूपमा हेर्ने गलत प्रवृत्ति रहेको भन्दै सुदूरपश्चिम र केन्द्रबिच भूगोलसँगै मनोविज्ञानको पनि दूरी रहेको बताए। विकास भाषणमा सीमित नभई देखिने र अनुभूत हुने गरी हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उनले धनगढीको विकासमा नगरप्रमुख गोपाल हमालले गरेको पहलको प्रशंसा गरे। नगरप्रमुख हमालले विगतदेखि तालिमका नाममा ठूलो खर्च भए पनि धनगढीले परिणाममुखी र फरक अभ्यास गरिरहेको बताए। उनले तालिमपछि बजारको सुनिश्चितता हुने गरी कार्यक्रम सञ्चालनमा जोड दिएको स्पष्ट पारे।

 


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट