धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

Tuesday June 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–२ निवासी २८ वर्षीय गोविन्द धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार राति करिब साढे एक बजेतिर धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न सोही ठाउँका २७ वर्षीय भरत बोहरा लगायत भनृे फरार छन् ।
उनीहरुको खोजी भइरहेको छ । कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको नवजीवन अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


भर्खर

धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा

कैलालीमा पानी नपरेपछि रोपो सुक्न थाल्यो

धनगढी : कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको

चीनको ताक्लाकोटलाई जोड्ने दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुल्यो

दार्चुला : चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । दार्चुलाको