धनगढीको फाप्ला क्रिकेट मैदानलाई उच्च प्राथमिकताका साथ अघि बढाउने खेलकुद मन्त्री पोख्रेलको प्रतिबद्धता

Tuesday April 7, 2026

पढ्न लाग्ने समय :


हिमाल जोशी :  युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिमको ड्रिम प्रोजेक्टका रूपमा रहेकोुफाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामुलाई राष्ट्रिय गौरव र विशेष प्राथमिकताको आयोजनाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

मंगलबार फाप्ला क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि धनगढी पुगेका मन्त्री पोखरेलले आयोजनाको प्रगतिबारे जानकारी लिँदै यश आयोजनालाई प्राथमिकतामा राख्ने बताए ।

निरीक्षण टोलीमा प्रतिनिधि सभा सदस्यहरू आनन्द चन्द, के।पी खनाल र रास्वपाका युवा नेता भूपदेव शाह लगायतको सहभागिता रहेको थियो ।

निरीक्षणका क्रममा मन्त्री पोखरेलले फाप्ला आयोजनाको जग्गा प्राप्ति, डिपिआर र इआईए जस्ता सबै प्राविधिक प्रक्रियाहरू सफलतापूर्वक सम्पन्न भइसकेका बताए । उनले यो आयोजना राष्ट्रिय आयोजना बैंकमा समेत समावेश भइसकेको हुनाले अब यसलाई सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउने बताए ।

मन्त्री पोखरेलले फाप्ला आयोजना केवल खेलकुदको पूर्वाधार मात्र नभई सुदूरपश्चिमको पर्यटन र समग्र देशको आर्थिक विकासका लागि गेम चेन्जरु सावित हुने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री र उच्चस्तरीय टोलीको भ्रमणले आयोजना निर्माणमा नयाँ ऊर्जा थपेको बताए । उनले लामो समयको कानुनी र प्राविधिक तयारीपछि अब आयोजना निर्माणको चरणमा प्रवेश गरेको बताए । उनले भने ( मन्त्रीज्यूको प्रतिबद्धताले यो आयोजनाले अब चाँडै मूर्तरूप लिनेमा हामी पूर्ण विश्वस्त छौँ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट