धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

Tuesday June 23, 2026

पढ्न लाग्ने समय :


धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा धाराहरूमा भूमिगत पानी आउन छोडेको हो।

खडेरीका कारण भूमिगत पानी सुकेपछि धनगढी उपमहानगरपालिकाले दमकलमार्फत पानी वितरण गर्दै आएको छ। स्याउले बजार क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा नलका तथा धारा सुकेर स्थानीयवासीले खानेपानीको गम्भीर अभाव झेल्दै आएका छन्। उपमहानगरपालिकाले ट्याङ्करबाट उक्त क्षेत्रमा पानी वितरण गर्न थालेको छ। यस्तै, खानेपानीको समस्या समाधान गर्न स्याउले क्षेत्रमा डिप बोरिङ जडान हुने भएको छ।

नगर प्रमुख गोपाल हमालले वडा नम्बर १४ का अध्यक्ष मानबहादुर बिष्टसँग छलफल गरी तत्काल राहतका उपाय अघि बढाइएको जानकारी दिएका छन्। छलफलको निर्णयअनुसार स्याउले बजार नजिकै रहेको वन कार्यालय अगाडि डिप बोरिङ नलका गाडेर स्थानीयवासीलाई खानेपानी उपलब्ध गराउने कार्य आजै मङ्गलवारदेखि नै प्रारम्भ गरिने भएको छ। यसले बर्खा सुरु नहुन्जेलसम्म स्याउले बजार क्षेत्रका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बर्खा नपुग्दासम्म आज उपलब्ध गराइएझैं पुरानो दमकल तथा अर्को पानी ट्यांकरमार्फत खानेपानी बाहेकका अन्य दैनिक प्रयोजनका लागि प्रयोग गर्न स्याउले बजारमा नियमित रूपमा पानी उपलब्ध गराइने नगर प्रमुख गोपाल हमालले बताए।

 


भर्खर

धनगढीमा भूमिगत पानी सुक्यो, दमकलमार्फत खानेपानी वितरण गरिदै

धनगढी :  कैलालीको धनगढीमा भूमिगत पानी सुकेको छ। धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार क्षेत्रका नलका तथा

कैलालीमा पानी नपरेपछि रोपो सुक्न थाल्यो

धनगढी : कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको

चीनको ताक्लाकोटलाई जोड्ने दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुल्यो

दार्चुला : चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । दार्चुलाको