धनगढीमा बस दुर्घटनामा एकको मृत्यु

Saturday October 4, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, असोज १८ गते । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा शनिबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पैदलयात्री ६० वर्षीय गणेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट पोखरातर्फ गइरहेको ग २ ख १९०७ नम्बरको बस शनिबार दिउसो दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले दुर्घटनामा अन्य १९ जना घाइते भएको बताउनु भयो । बस अनियन्त्रित भएर सडक किनारामा पल्टिएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।