धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा ’ आयोजना हुदै

Wednesday July 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले पहिलोपटक ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना गर्ने भएको छ। प्रतियोगिता साउन ८ र ९ गते धनगढीमा सञ्चालन हुने भएको हो।

प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता एकल लोकदोहोरी गायनमा आधारित हुनेछ, जसमा सुदूरपश्चिमका नौवटै जिल्लाका कलाकारले सहभागिता जनाउन सक्नेछन्।

प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टका अनुसार प्रतियोगितामा सबै उमेर समूहका गायक–गायिकाले एकल रूपमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताका लागि आवश्यक वाद्यवादन र कोरस आयोजकले नै उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रस्तुति दिए पनि विभिन्न कारणले शीर्ष स्थानमा पर्न नसक्ने प्रतिभालाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बिष्टले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने तयारी गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाई परिचय खुल्ने कागजातसहित नाम दर्ता गर्न सक्नेछन्।

अध्यक्ष बिष्टले लोकदोहोरी साँझहरूले नेपाली लोकगीतको संरक्षण, प्रवर्धन र कलाकारलाई व्यावसायिक रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रतियोगिताले नयाँ प्रतिभाको खोजी र प्रोत्साहनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगिताको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने सहआयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कैलाली र कञ्चनपुर शाखा रहेका छन्।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले सुदूरपश्चिमका लोकसंस्कृति र प्रतिभाको प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको