धनगढीमा दुइ युवकमाथि समूहिक आक्रमण

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा २ युवकमाथि समूहिक आक्रमण गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड हाउस क्याफे नजिक दुई जना कुटपिटबाट घाइते भएका हुन्।
मंगलबार राति साढे ९ बजे धनगढी–३ का ३८ वर्षीय सन्तोष श्रेष्ठ र ३१ वर्षीय सानु श्रेष्ठमाथि ३/४ जना अपरिचित व्यक्तिको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको मायामेट्रो अस्पताल, धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेका छन्।
प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको कमाण्डमा खटिएको टोलीले फरार व्यक्तिहरूको खोजतलास तथा अनुसन्धान गरिरहेको छ।


भर्खर

धनगढीमा दुइ युवकमाथि समूहिक आक्रमण

धनगढी : कैलालीको धनगढीमा २ युवकमाथि समूहिक आक्रमण गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड

कैलालीमा एकैदिन ८ जना पक्राउ

धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ