कैलालीमा एकैदिन ८ जना पक्राउ

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन र चरेशसहित उनीहरु लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन र एक थान डिजिटल काटासहित सुरेश बोहरालाई मंगलबार दिउँसो पक्राउ गरेको छ। त्यसैगरी, धनगढी उपमहानगरपालिका–१७ बाट ३१० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय सुरेश चौधरी पक्राउ परेका छन्।
यस्तै, कैलारी गाउँपालिका–७ हौसलपुरबाट २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित भारतको लखिमपुर खिरी बेलापर्शुवा निवासी ४७ वर्षीय हरिचन्द्र कठरिया पक्राउ परेका छन्। टीकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन र ५७० मिलिग्राम चरेशसहित टीकापुर नगरपालिका–२ राजिपुरका ३३ वर्षीय सञ्जय नगार्जीसहित चार जना पक्राउ परेका छन्।
चारै जनालाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। यसैगरी, लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइनसहित ३१ वर्षीय गणेश थापा पक्राउ परेका छन्। उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।