धनगढीमा गणेश नेपालीको निधन प्रकरणमा विरोध

Sunday July 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : गणेश नेपालीको निधन प्रकरणमा निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै सामाजिक न्यायका लागि दलित गोलमेच अभियानले आइतबार धनगढीमा विरोध सभा गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित सभामा सहभागीहरूले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सभालाई सम्बोधन गर्दै पूर्व सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने बताए। उनले सुकुम्बासी समस्याप्रति पनि सरकार उदासीन रहेको आरोप लगाए।

सहभागीहरूले महानगर प्रहरीको भूमिकामाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने, यस्ता घटनाले युवामा नकारात्मक प्रभाव पार्ने भएकाले राज्य जिम्मेवार बन्नुपर्ने धारणा राख्दै न्यायका लागि संघर्ष जारी रहने चेतावनी दिएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।