धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

Sunday March 8, 2026

पढ्न लाग्ने समय :


धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जाेशीकाे हत्या गरिएकाे प्रहरीले जनाएको छ ।

जाेशीकाे उनकै श्रीमान डम्मरराज जाेशीले हत्या गरेकाे खुलेकाे छ । प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जाेशी घटनापछि फरार भएका छन् ।

राति बुवाले आमाकाे हत्या गरेपछि छाेराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करीब १ बजेतिर प्रहरी उनकाे घरमा पुगेकाे थियाे । उनकाे टाउकोमा कुनै धारिलाे हतियार  प्रहार गरेकाे देखिएकाे छ।

अहिले भने शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । हत्यापछि फरार जाेशीकाे भने खाेजी भइरहेको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।