धनगढीको स्याउले बजारमा खानेपानी संकट समाधानका लागि डिप बोरिङ गाडियो

Tuesday June 30, 2026

पढ्न लाग्ने समय :


धनगढीः खडेरीका कारण चापाकल (नल्का) सुकेपछि खानेपानीको गम्भीर संकट देखिएको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित स्याउले बजारमा उपमहानगरपालिकाले डिप बोरिङ गाडेर खानेपानीको व्यवस्था गरेको छ। विद्युत प्रयोग गरेर पानी तान्ने बोरिङ सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई खानेपानीमा सहजता भएको छ।

खानेपानी अभाव बढ्दै गएपछि स्याउले बजारनजिकै वन कार्यालय अगाडि ३२० फिट गहिरो डिप बोरिङ गाडिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए। स्थानीयको दैनिकी सहज बनाउन र दीर्घकालीन समाधानका लागि डिप बोरिङ जडान गरिएको उनले बताए।
यसअघि उक्त क्षेत्रमा रहेका नल्का सुकेपछि उपमहानगरपालिकाले दमकल तथा सडक सफा गर्ने गाडीमार्फत पानी वितरण गर्दै आएको थियो। खानेपानी संकट थप चर्किएपछि केही दिनअघि डिप बोरिङ गाड्ने काम सुरु गरिएको थियो, जसले अहिले स्थानीयलाई तत्काल राहत मिलेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।