धनगढीको एसपीए कलेजको ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम नियुक्त
पढ्न लाग्ने समय :
काठमाडौँः सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
बमलाई मङ्गलवार कलेजले एक कार्यक्रमबिच ब्रान्ड एम्बेसडर घोषणा गरेको हो। कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले बताए।
लोकेश बम एसपीए कलेजका विद्यार्थी हुनुका साथै नेपाली क्रिकेटमा उदाउँदा प्रतिभाशाली विकेटकिपर–ब्याट्सम्यानका रूपमा परिचित छन्। उनले हालै सम्पन्न विश्वकप एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पु¥याएका छन्।
बमले आफू अध्ययन गरेको कलेजसँग जोडिन पाउँदा खुशी लागेको बताए। क्याम्पस प्रमुख बुधराम चौधरीले यसपीए कलेज र खेलकुद प्रर्यायबाची भएको बताउँदै विद्यार्थीको सफल भविष्यको लागि सबै खेलका विद्यार्थीलाई उत्तिकै महत्वका साथ अवसर प्रदान गर्दै आएको बताए।