धनगढीको एक होटेलमा करणी गरेको अभियोगमा युवक पक्राउ

Monday April 27, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीको एक होटेलमा करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन।

२० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–४ मा रहेको सन्जोग होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको बताएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।
आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।