धनगढीका सेठी निर्माण व्यवसायी महासङ्घको उपाध्यक्षमा निर्वाचित

Friday April 3, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपाल निर्माण व्यवसायी महासङ्घको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलाली धनगढीका व्यवसायी प्रकाश सेठी विजयी भएका छन्।

बिहीबार सम्पन्न निर्वाचनमा सेठीले ४७ मत प्राप्त गर्दै जित निकालेका हुन्। उनका प्रतिद्वन्द्वीले ३६ मत मात्रै प्राप्त गरे।

सुदूरपश्चिम प्रदेश भूगोलतर्फको उक्त निर्वाचनमा सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने निर्माण व्यवसायीहरूले मात्र मतदान गरेका थिए। यस क्षेत्रमा कुल ८३ जना मतदाता रहेका थिए।

उपाध्यक्षमा निर्वाचित भएपछि सेठीले निर्माण व्यवसायीहरूको हकहितका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्माण क्षेत्रमा सेठीको छुट्टै पहिचान रहेको छ। उनले १५ भन्दा बढी आयोजनाहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गरी पुरस्कृत समेत भइसकेका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।