धनगढीका विद्यालय चार दिन बन्द

Monday June 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार केही दिनयता बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।
सूचनामा जनाइएअनुसार धनगढी उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असार ९ गतेदेखि असार १२ गतेसम्म ९बीचमा पर्ने सार्वजनिक बिदासहित० चार दिन पठनपाठन बन्द रहनेछ।
बिदाको अवधिमा विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन अभिभावकहरूलाई समेत आग्रह गरिएको छ।
धनगढी क्षेत्रमा पछिल्ला दिनहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ। गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।
उपमहानगरपालिकाले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्दै आवश्यकतानुसार थप निर्णय गरिने पनि जनाएको छ।


भर्खर

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु, अर्को सूचना नभएसम्म लागू हुने

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो

सुनसरी झडप अपडेट: उपचाररत थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार राति भएको झडपमा गोली लागेर घाइते भएका थप एक

सुनसरी गोलीकाण्डबारे राप्रपाप्रमुख सचेतक खुस्बु ओलीको प्रश्न:‘गोली चलाउने आदेश कसले दियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारसँग स्पष्ट जवाफ माग