धनगढीका नागरिकको दर्ता जग्गा मोहना नदीमा, सय परिवारको उठिबास

Monday January 26, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीका नागरिकहरूको नाममा दर्ता भएको जग्गा मोहना नदीले बगाउदै आएको छ। धनगढी उपमहानगरपालिका–९ को मोहना नदी क्षेत्रमा एक सय पढि परिवारको जग्गा कटानीका कारण उठिबास भएको छ।

उनीहरूले प्रत्येक निर्वाचनको समयमा राजनीतिक दलका नेताहरूसँग तटबन्ध निर्माण तथा मोहना नदी कटानी रोक्ने योजना माग गर्ने गरेका छन्।

तर, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सदस्यहरू चुनावपछि नफर्किएको गुनासो उनीहरूको छ। निर्वाचनको समयमा प्रमुख समस्याका रूपमा नदी कटान बताउदै आएका स्थानीयहरू राजनीतिक दत तथा नेताहरूसँग आजित भएका छन्। स्थानीय कृष्ण चौधरीले नदी कटान रोक्न योजनाहरू कसैबाट पनि नआएको बताए। उनले भने, ‘हाम्रो २ बिघा जमिन हो। नदी पारि पनि नम्बरी जमिन छ। एक बिघा पारि होला। एक बिघा अब बाँकी छ। नदीमा पनि हाम्रो जमिन छ। मालपोत कर तिर्दै आएका छौ। सबैको लगायर २० बिघा जति बगाएको होला।’

धनगढी उपमहानगरपालिका–९ का स्थानीयको प्रमुख समस्याका रुपमा मोहना नदीको कटान रहेको छ। मोहना नदीले स्थानीयका बिगाका बिगा जग्गा बगरमा परिणत गरेको छ। नदीले जग्गा बगायर भारत तिर पारेको छ। नागरिकको नाममा दर्ता रहेको जग्गामा मोहना नदी बग्दै आएको हो। स्थानीय हर्के लुहारले निर्वाचनको समयमा मात्र तट्बन्धका विषयमा चर्चा हुने गरेको बताए। उनले भने, ‘नेताहरु चुनावका बेला मात्र आउछन्। निर्वाचन पछि आउदैनन्। जग्गा पूरा नदीले बगाएको छ। धेरैको उठिबास भएको छ। बर्खाको समयमा डर हुन्छ। नदी नजिकै आएको छ।’

मोहना नदी पारी भारत तिर पनि नेपालीहरूको नाममा दर्ता श्रेस्ता रहेको जग्गा छ। उनीहरूले नेपाल सरकारलाई वार्षिक कर तिर्दै आएका छन्। उनीहरुको प्रमुख समस्या नदी कटान रहेको हो। तर, नेताहरूले चुनावको बेलामा मात्र नदी कटान रोक्ने योजना ल्याउने बताउदै आएका छन्। धनगढी उपमहानगरपालिका–९ मा मात्र २० बिघा बढी स्थानीयको नम्बरी जग्गा मोहना नदीले बगाएको छ। झण्डै एक सय परिवारको उठिबास भएको छ। स्थानीय बिर्खराम विकले आफ्नो एक बिघा जग्गा नदी कटानको जोखिममा रहेको बताए। उनले भने, ‘नदीले कटान अहिले गरेको हो। चार÷पाँच बिघा हो। नदीले काटेर लगेको छ। त्रिवेणी चोकदेखि पोर्खेली कटानसम्म कटानको समस्या छ। चुनावको बेला मात्र यो विषयले चर्चा पाउछ। अरु बेला हुँदैन। यो ठाउँमा बस्दै आएकाहरू मोहन्याल तिर, फूलबारी तिर, के गाउँ, कैलारी गाउँपालिका, मनहेरा गाउँ लगायतका ठाउँ गएका छन्।’

मोहना किनारमा २०२६ सालदेखि बासोबास गर्दै आएकाहरुको उठिबास हुँदै आएको हो। मोहना नदीले घेरेको वडा नम्बर ९ का स्थानीयहरु फूलबारी, जुगेडा, मनहेरा, पुनर्वास लगायतका ठाउँहरूमा बसाइ सरेर गएका छन्। मोहना नदीले घर–जग्गा बगाएपछि उनीहरूले बसाइ सारेका हुन। सोही स्थानमा बस्दै आएकाहरूलाई बर्खाको समयमा चिन्ता हुने गरेको छ। मोहनाको बाढी गाउँमा पस्ने र घर–जग्गा बगाउने चिन्तामा उनीहरू हुन्छन्। निर्वाचनको समयमा नेताहरूले तटबन्धको आस्वासन आएपनि काम नभएको स्थानीयको गुनासो छ। स्थानीय सरुवेदी कामीले बर्खाको समयमा दुःख पाउन गरेको गुनासो गरेकी छन्। उनले भनिन्, ‘चार वर्षदेखि यहाँ बस्दै आएका छौ। यता नदीको समस्या रहेछ। बर्खा घरमा नदी आउछ। कटानी पनि गर्छ। हिलोले पनि हैरान हुन्छ।’

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगर्त पर्ने उक्त स्थानका नागरिकहरूले तटबन्ध, खानेपानी र सडक जस्ता पूर्वाधारको विकास गर्न सक्ने उम्मेदवारको पक्षमा मतदान गर्ने बताएका छन्।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले