दैलेखबाट एक जना एसईईका नक्कली विद्यार्थी पक्राउ

Thursday March 28, 2024

पढ्न लाग्ने समय :


दैलेख । अर्काको नाममा परीक्षा दिएको आरोपमा दैलेखबाट एक जना विद्यार्थी पक्राउ परेका छन् ।

आजबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका जिल्ला सदरमुकाममा रहेका त्रिभुवन माविबाट १६ वर्षका एक किशोर पक्राउ परेका हुन् ।

दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् । प्रहरीले नाम भने खुलाएको छैन। नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

गत वर्ष मोरङका विभिन्न विद्यालयमा सयौंको संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका थिए । यस वर्षपनि गत वर्षको जस्तो परिस्थिति आउन नदिन प्रहरीले सक्रियता बढाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।