देश विकासको पहिलो आधार सुशासन : डा शेखर कोइराला

Friday November 25, 2022

पढ्न लाग्ने समय :


विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उनले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, “देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन ।” उनले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताए ।

बुवा स्व. केशवप्रसाद कोइराला र आमा नोना कोइरालाको कोखबाट २००७ भदौ ९ मा विराटनगरमा जन्मिएका उनले अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली, भारतबाट एमडी अध्ययन पूरा गरेका छन् । राजनीतिक यात्रा सुरु गर्नु अघि चिकित्सक पेसामा आबद्ध उनी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शाहीकालमा प्रहरी पहरा गण काठमाडौँमा तीन महिना थुनामा बसेका थिए ।

नेविसङ्घको स्थापनाकाल २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध भएका डा कोइराला २०२८ सालमादेखि पार्टी सदस्यता लिएर सक्रिय राजनीति सुरु गरेका हुन् । नेपाली कांग्रेसको ११औँ, १२औँ र १३औँ महाधिवेशनसम्म केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदका लागि लडेका थिए ।

विसं २०६५ मा भएको संविधानसभा सदस्यको उपनिर्वाचनमा मोरङबाट निर्वाचित डा कोइराला २०७० मा पनि निर्वाचित भएका थिए । कोइराला २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का लालबाबु पण्डितसँग पराजित भए पनि यो निर्वाचनमा पण्डितसँग १२ हजारभन्दा बढी मतान्तरका साथ विजयी भएका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।