देश र जनताको आवश्यकताको आधारमा परियोजनाहरु बनाउनुपर्छः सांसदहरु

Thursday January 2, 2025

पढ्न लाग्ने समय :


देश र जनताको आवश्यकताको आधारमा विकास निर्माणका योजनाहरु बन्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले देशको समृद्धिमा योगदान पु¥याउने परियोजनाहरु ओझेलमा परेको बताउनुभएको हो । बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले लाभ नदिने योजनाहरुमा पूरै तागत लगाएको टिप्पणी गर्नुभयो । उहाँले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई मन्त्रालय कतै हराएको त छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले निजगढ विमानस्थलको प्रगतिबारे जानकारी गराउन समेत माग गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘जुन परियोजनाले देशको समृद्धिमा योगदान पु¥याउँछ ति परियोजनाहरु ओझेलमा परेको जस्तो देखिन्छ । जुन प्रोजेक्टले खासै लाभ दिएको छैन । त्यस परियोजनामा पूरै तागक लाएको जस्तो देखिन्छ । कतै मन्त्रालय हराएको त छैन ? विषयान्तर भएको त छैन ? आफ्नो बाटो बिराएको त छैन ? अहिले निजगढ एयरपोर्टको बारेमा के भइरहेको छ ? गरेको त केही पनि देखिएन । यदि गर्न सक्नुहुन्न भने यो जिम्मेवारीमा बस्न मिल्छ कि मिल्दैन ?’

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले देश र जनताको आवश्यकताको आधारमा भन्दा कताबाट कमिसन प्राप्त हुन्छ भन्ने कुराबाट योजना जन्मिने गरेको बताउनु भयो । उहाँले कमिसनको आधारमा योजना अघि बढाइने प्रवृत्तिको निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले काूनको निर्माणमा संविधानको भावनाअनुसार उदासिन समिति र संसादहरु उदासिन भएको भन्दै ग्लानी भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामो देशका ठूला साना आयोजनाहरु आवश्यक्ताको आधारमा बन्दैनन् । देश र जनताको आवश्यकताको आधारमा योजनाहरु जन्मिनेभन्दा पनि कताबाट कमिसन प्राप्त हुन्छ भन्ने कुराबाट योजना जन्मिन्छन् । जताबाट अध्ययन गर्दा पनि यो कुरा प्रमाणित नै हुन्छ । यसलाई हामीले निरुत्साहित गर्ने प्रकृतिको प्रणाली बनाउनुपर्छ । ऐन, काूनको निर्माणमा हामी संविधानको भावनाअनुसार उदासिन जस्तै छौं । हामीलाई ग्लानी भइरहेको छ । संरचनागत सुधारहरु हामीले धेरै गर्नुछ । नयाँ सोच छैन । तर पुरानै सोचले पनि गति लिन सकेको छैन । माननीय प्रश्नज्युसँग मेरो प्रश्न, पशुपति धर्मशालाको मन्त्रालयले गरेको निर्णय जे आधारमा गरेर गरिएको थियो त्यही आधारमा गर्नुपर्छ भनेर अध्ययन समिति बनाइएको हल्ला छ । त्यो के गरिएको होला ?’

नेकपा(एमाले)की सचेतक सुनिता बरालले दीर्घकालिन र राणनीतिक योजनाहरु सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो । उहाँले भैरहवा र पोखरा विमानस्थलको प्राविधिक पक्षबारे आमनागरिकलाई जानकारी दिन जरुरी रहेको बताउनु भयो । उहाँले निर्माण सम्पन्न विमानस्थल सञ्चालनका लागि सरकारले किन पहल नचालेको ? भन्दै प्रश्न गर्नुभयो ।बैठकमा अधिकांश सांसदहरुले योजना छनोट गर्दा देश र जनताको समृद्धि र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।