देउवा, ओली र प्रचण्डको विदाई गरौं– शर्मा

Saturday September 13, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २८ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।

शनिबार एक भिडियो सन्देशमार्फत उनले भनेका छन्– लामो समयदेखि चुनाव भएर नयाँ सरकार बनेपनि यिनै तीन नेताकै वरिपरि घुमिरहेको हुनाले जनतामा चर्को असन्तुष्टि बढेको छ । आफूले पटक पटक पार्टीमा कुरा उठाए पनि निर्णय गराउन नसकेको महामन्त्री शर्माले स्वीकारेका छन् । उनले भनेका छन्– जतिपल्ट पनि चुनाव हुन्छ । नयाँ सरकार बन्छ, प्रधानमन्त्री उहाहरू नै । उहाँहरूले कहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने ? त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ । विधिमा ल्याऔँ । ताकि भोलि गगन विश्वको पुस्ताले नेतृत्व गर्दै गर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस् ।

महामन्त्री शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बढी बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले भनेका छन्– अब पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्दछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।