दृष्टि फाउन्डेसन अत्तरियालाई खाद्यान्न र कपडा सहयोग

Monday February 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको अत्तरियामा रहेको दृष्टि फाउन्डेसनलाई खाद्यान्न र कपडा सहयोग गरिएको छ। इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको हो।

संस्थाका अध्यक्ष टेकराज पनेरुसहित अन्य कार्यसमिति सदस्यहरूको उपस्थितिमा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि खाद्यान्न, न्यानो कपडा, फलफूल तथा केही इलेक्ट्रोनिक्स सामग्री वितरण गरिएको थियो।

भागेश्वर फ्लोर मिल, अत्तरिया र प्रकाश किराना पसल, धनगढीले खाद्यान्न सामग्रीमा सहयोग गरेका थिए। अन्य कार्यसमिति सदस्यहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गरेका थिए।

कार्यसमिति सदस्य अंकित भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर वृद्धा आश्रममै जन्मदिन मनाउँदै आफ्नो व्यक्तिगत तर्फबाट न्यानो कपडा सहयोग गरेकी छन्। संस्थाका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा अन्य सदस्यहरूले इलेक्ट्रोनिक्स सामग्री र फलफूलसमेत सहयोग गरेका थिए।

आश्रममा १५ जना ज्येष्ठ नागरिक तथा केही बालबालिका आश्रित रहेका छन्। भर्खरै सञ्चालनमा आएको यो आश्रम दाता तथा सहयोगीहरूको सहयोगमै सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको आश्रमका सञ्चालक कल्पना भट्टले बताइन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।