दुई दशकपछि शैक्षिक क्यालेन्डर लागु गर्दै त्रिवि

Saturday January 20, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

विद्यार्थी भर्नादेखि परीक्षाको नतिजासम्म नियमित नभएको भन्ने आरोप खेपिरहेको त्रिविले समयसीमा नै तोकेर क्यालेन्डर सार्वजनिक गरेको हो । त्रिविमा २०६२-६३ को आन्दोलनपछि शैक्षिक क्यालेन्डर नियमित हुन सकेको छैन ।

शैक्षिक क्यालेन्डरमा वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहको कार्यक्रम समावेश छ । त्रिविको परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ मा बसेको बैठकले शैक्षिक क्यालेन्डर प्रकाशित गर्न स्वीकृति दिएको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।