दीपक अधिकारी र सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित

Monday March 25, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले सोमबार काठमाडौंमा आयोजना गरेको १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा दीपक पुरुष तथा सुष्मा महिलातर्फ सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । उनीहरूले अवार्डसहित जनही एक लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै पौडीकी डुवाना लामा महिला तथा  राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल पुरुषतर्फ प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै टेबल टेनिसका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवंम नेपालका‌ लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक विजेता धर्ममान बज्राचार्य गजराज आर्दश खेल व्यक्तित्वबाट सम्मानित भएका थिए ।

यसैगरी नवौं राष्ट्रि खेलकुदमा समावेश ३६ खेलबाट समान एक जनलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका