दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार जित

Saturday April 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। एसीसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा १७८ रन बनायो। कतारले ८ विकेट गुमाएर उक्त रन बनाएको हो।

कतारका कप्तान मुहम्मद तनविरले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। नेपालका लागि दिपेन्द्र सिंह ऐरी, गुल्शन झा र ललित राजवंशीले समान २ २ विकेट लिए।

यसअघि ओमानको अल अमेरत क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनाएको थियो।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरे। पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए। उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए।

नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए। कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे।

नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले। उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए। कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।