दार्चुलामा भारत निकासी हुँदै गरेको ३९ बोरा झ्याउ बरामद

Friday June 12, 2026

पढ्न लाग्ने समय :


धनगढीः दार्चुलामा नेपालबाट भारततर्फ अवैधरूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको हो।
झ्याउ अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले चार जना स्थानीयलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–४ का ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्की रहेका छन्।
प्रहरीका अनुसार बरामद झ्याउको तौल १ हजार ३६८ किलोग्राम रहेको छ भने यसको अन्दाजी मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ बराबर छ। बरामद गरिएको अवैध वन पैदावार आवश्यक प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र दार्चुलाको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।