दार्चुलामा गणेशसिंह ठगुन्ना विजयी

Sunday March 8, 2026

पढ्न लाग्ने समय :


धनगढी: प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी भएका छन। ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरेका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गरे। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मणदत्त जोशीले ३ हजार ६५ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा (माओवादी) का उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गरेका छन। ९२ हजार ९ सय ४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो।

पूर्वमन्त्री ठगुन्ना दार्चुलाबाट तेस्रो पटक निर्वाचित भएका हुज। यसअघि उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थियो । ठगुन्ना २०७८ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत बनेका थिए।

दार्चुलामा प्रतिनिधि सभा सदस्यको लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। अन्य उम्मेदवारहरुले भने १ सय मत समेत कटाउन नसकेको बताइएकाे छ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर