दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

Tuesday July 28, 2026

पढ्न लाग्ने समय :


सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । दार्चुला पावर कम्पनी प्रवद्र्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने जनाइएको छ ।
सो आयोजना मार्मा गाउँपालिकामा निर्माण हुने छ । सो आयोजनालाई विद्युत विकास विभागले २०८१ साल चैत १३ गते विद्युत उत्पादन अनुमति पत्र प्रदान गरेको थियो । आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रस्ताव भए बमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ । यसअघि २०८० साल चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो ।
नेपाल विद्युत प्राधिकरण र चमेलिया पावर लिमिटेडबीच २०८० साल असोज २९ गते विद्युत खरिद बिक्री सम्झौता समेत भइसकेको जनाइएको छ । भने २०८२ साल जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापन समेत भइसकेको छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना र तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत आयोजना रहेका छन्


भर्खर

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।

नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, बिरामी डिस्चार्ज गर्न थालियो

वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएको कुटपिट, प्रशासनिक दुर्व्यवहार

डाक्टरहरूको आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

नेपाल चिकित्सक संघको आह्वानमा आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द