दर्शकको नजरबाट चलचित्र निर्माण गर्नुपर्छ : निर्देशक लामिछाने

Tuesday April 9, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । चलचित्र निर्देशक घनश्याम लामिछानेले निर्माता तथा निर्देशकले दर्शकको नजरबाट चलचित्र बनाउनुपर्ने बताएका छन् ।

मंगलबार कमलपोखरीस्थित एक चलचित्र भवनमा ‘लन्डन टु पेरिस’ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै लामिछानेले दर्शकलाई ध्यानमा राखेर चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिए । बेलायतमा छायाङ्कन गरिएको उक्त चलचित्रमा पनि कुनै सम्झौता नगरेको उनको भनाइ छ ।

“हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यो किसिमको औपचारिकता र भव्यता मैले अहिलेसम्म अन्य नेपाली चलचित्रमा देखेको छैन”, निर्देशक लामिछानेले भने, “यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो । सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ ।” उनले युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने बताए ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो पुस्ताको कथालाई चलचित्रमा प्रस्तुत गरिएको बताइन् । “यो हाम्रो पुस्ताको प्रेम कथा हो । यसले हाम्रो पुस्तामा देखिएका मतभेद र समस्यालाई पहिचान गर्न मद्दत गराउँछ”, उनले भनिन् ।

चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुवात गर्दैछन् ।

चलचित्रमा प्रदीप भारद्वाजले लेखन, अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत, सजु चन्द्रनले सम्पादन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् । चलचित्रको एबी इन्टरनेसनल, गौतम प्रोडक्सन र अर्चिड भेस फिल्सम् लिमिटेडले संयुक्तरुपमा निर्माण गरेका हुन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।