दक्षिण कोरियामा विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु,सात दिने राष्ट्रिय शोकको घोषणा

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । यस दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ। दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुवै चालक दलका सदस्य हुन् । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।  कोरियाली बजेट एयरलाइन्स जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० विमान  स्थानीय समय अनुसार बिहान करिब ९ बजे दुर्घटनामा परेको थियो । मृतकका आफन्तहरु विमानस्थलमा भेला भएका छन् र त्यहाँ अस्थायी शवगृह स्थापना गरिएको छ । यो दुर्घटनापछि सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यस अवधिमा सरकारी कार्यालयमा झण्डा आधा झुकाउने र सबै सरकारी कर्मचारीले कालो रिबन बाँध्नेछन् । एजेन्सीका अनुसार मुआन विमानस्थलको धावनमार्ग स्थानीय समयअनुसार बुधबार बिहान ५ बजेसम्म बन्द रहनेछ । समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए । विमानमा सवार यात्रुहरूको उमेर तीन वर्षदेखि ७८ वर्षसम्म रहेको थियो। तर धेरैजसो आफ्नो उमेरको चौथो, पाँचौं र छैठौं दशकमा थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।