दक्षिण कोरियाको विजयी सुरुआत

Friday June 12, 2026

पढ्न लाग्ने समय :


मेक्सिको : विश्वकपमा दक्षिण कोरियाले आफ्नो अभियानको शानदार सुरुआत गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले कठिन प्रतिस्पर्धामा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो ।

खेलको अधिकांश समय चेक गणतन्त्र दबाबमा रहेको देखिए पनि अन्तिम क्षणसम्म खेल अनिश्चित बनेको थियो । ८० औँ मिनेटसम्म चेकले खेल आफ्नो पक्षमा मोड्ने सङ्केत दिएको थियो, तर प्रतिस्थापन खेलाडी ओह ह्योन–ग्यूले निर्णायक गोल गर्दै कोरियालाई जित दिलाP।

दक्षिण कोरियाले खेलको सुरुआतदेखि नै प्रभुत्व जमाएको थियो । स्टार खेलाडी सोन ह्युङ–मिनको नेतृत्वमा कोरियाली टोलीले पहिलो हाफमा लगातार आक्रमण गरे पनि गोल गर्न सकेको थिएन । उgले गरेको एक शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो भने अर्को प्रयास थोरै फरक दिशामा गएको थियो ।

दोस्रो हाफमा चेक गणतन्त्रले अग्रता लिएको थियो । लाडिस्लाव क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो, जसपछि खेलमा तनाव थपिएको थियो ।
तर कोरियाले दबाब बढाउँदै पुनरागमन गर्‍यो । ह्वाङ इन–बिओमले ६७ औँ मिनेटमा सुन्दर प्रहार गर्दै बराबरी गोल गर्नुभयो, जसले कोरियाली समर्थकमा उत्साह भरेको थियो । त्यसपछि चेक रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै ह्वाङले नै निर्णायक पास उपलब्ध गराP, जसलाई ओह ह्योन–ग्यूले दायाँतर्फबाट आएको बललाई सहजै गोलमा परिणत u/] ।
खेलको अन्त्यतिर तनावपूर्ण अवस्था सिर्जना भए पनि दक्षिण कोरियाले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो । अन्तिम सिटी बज्नेबित्तिकै कप्तान सोन ह्युङ–मिनले मैदानमै खुसी व्यक्त ग/] ।

यस जितसँगै दक्षिण कोरियाले आफ्नो अर्को खेल सह–आयोजक मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो । चेक गणतन्त्रले भने आफ्नो अर्को खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।