त्रिवि उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

Friday January 5, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । त्रिविको उपकुलपति नियुक्तिका  लागि नाम सिफारिसका गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार एक सूचना गरी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा (२) अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न सूचनामा भनिएको छ ।

सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्ने छ । त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।