त्रिविमा मानविकी अध्ययन गर्ने विद्यार्थीले सिनास वृत्ति पाउने

Tuesday April 16, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् ।

विश्वविद्यालयको स्ववियु र सिनासबीच मंगलबार सम्पन्न सम्झौतामा  हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई प्रतिवर्ष जनही  २५ हजार प्रदान गर्ने सहमति भएको छ । यसलाई कार्यविधि बनाएर तत्काल लागू गर्न सिनास र स्ववियुबीच सहकार्य गर्ने सहमति भएको छ ।

यसै विषयमा कीर्तिपुरस्थित सिनास भवनमा स्ववियु र सिनासबीच सम्झौता पत्र आदानप्रदान भएको थियो । त्यसमा स्ववियुको तर्फबाट सभापति श्यामराज ओझा र  सिनासका तर्फबाट कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

मानविकी संकायप्रति आकर्षण बढाउन तथा अनुसन्धानात्मक पढाइलाई प्रोत्साहन गर्न यस्तो छात्रवृत्ति लागू गरिएको जानकारी सभापति ओझाले दिए । सिनासका कार्यकारी निर्देशक कार्कीले विगतमा ठूलाठूला अनुसन्धान परियोजना सञ्चालन गरेको र राज्यबाट  १० करोड प्राप्त गर्ने गरेकोमा सिनास अहिले अत्यन्त कमजोर अवस्थामा रहेको बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।