त्रिविमा उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा चैत २१ मा

Friday March 29, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय कोड नं. ४२२ र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय कोड नं. ४१२ का उत्तरपुस्तिका हराएपछि चैत २१ गते पुनः परीक्षान लिने भएको छ ।

त्रिविले आज एक सूचना जारी गर्दै हराएका उत्तरपुस्तिकाहरुको नयाँ परीक्षा लिन लागेको जानकारी गराएको छ । त्रिविले बिहीबार उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय एक उच्चस्तरीय समिति गठन समेत गरेको थियो ।

२०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा दिएका केही विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।